२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जय किशनका मर्मस्पर्शी तीन मुक्तक

Thumbnail
  • २०७४ मंसिर २७, बुधबार मा प्रकाशित ६ साल अघि
    • जयकिशन सोमै

    एक
    मन परेको जुतामा खुट्टा हाल्यो अर्कैले ।
    मोजा नलगाई झुत्रो पारी फाल्यो अर्कैले ।
    मुटु बेची किन्थे बरू कुन मूल्यमा दियौ रु
    यता दिल टुटाएर उता टाल्यौ अर्कैले ।

    दुई
    आफूले आफैलाई यस्तो बनाउनेछु
    सुकेको रुखमा नि पानी खनाउनेछु
    दुःख भित्र सुख, पीडा भित्र जीवन खोजी
    हर दिन विजय उत्सब मनाउनेछु ।

    तीन
    ऊ भन्दै थियो सपना साकार बनाएँ
    उन्युँ फुलाए पानीको आकार बनाएँ
    मानव भगवानमा अवतार गरी
    धर्तिमा दानवको हाहाकार बनाएँ ।

    गुल्मी, हाल: कोरिया

    २०७४ मंसिर २७ गते प्रकाशित 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस