पुस ४, २०७९
चाैतारा । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकाेटा सुवाेध र प्रदेशसभा सदस्य अमृता नेपाल लगायतकाे अनुगमन टाेलिले समयमा काम नगर्ने ठेकेदारलाई ३ दिने अल्टिमेटम दिएकाे छ ।
५ बर्ष अगाडि सुकुटे-छाप गाउँ- ठाेकर्पा-१२ किलाे भञ्याङ सडक पिचकाे लागि गाैरि पार्वती निर्माण सेवा प्रा .लि. र सडक डिभिजन कार्यालय चरिकोटविच सम्झाैता भएकाे थियाे ।
३ बर्ष भित्रमा काम सक्नेगरी ०७४ असार २५ गते कामकाे जिम्मा लिएकाे गाैरि पार्वती निर्माण सेवाले अर्याल ब्रदर कन्ट्रक्सन प्रा. लि लाई उक्त सडक पिचकाेलागि पेटि डेक्का पाएकाे थियाे । सम्झाैतामा ३ बर्षभित्रमा काम सक्ने भनिएता पनि २ पटक म्याद थपेर ५ बर्ष पुगिसक्दा समेत सडककाे काम पुरा नभएपछि उपभोक्तहरू ठेकेदारप्रति आक्राेशित भएका छन् ।
स्थानीयकाे गुनासाे बढ्न थालेपछि सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का नवनिर्वाचित सांसद सापकाेटा, बागमती प्रदेशसभा सदस्या अमृता नेपाल, सुनकाेशी गाउँपालिकाका वडाध्यक्षहरू सम्बन्धित कार्यालयका इन्जिनियर र स्थानीय सम्मिलित टाेलिले सुनकाेसी गाउँपालिका भित्रका ३ वटा याेजनाकाे निरिक्षण तथा अनुगमन गरेकाे हाे ।
अनुगमन टाेलिले साे गाउँपालिकाकाे एक एक पाइला ठाेकर्पा आधारभुत अस्पताल , ठाेकर्पा लिफ्टिङ खानेपानीकाे समेत निरिक्षण गरेकाे छ ।
अनुगमनको क्रममा सुकुटे-छाप गाउँ- ठाेकर्पा-१२ किलाे भञ्याङ सडकमा व्यापक ढिलासुस्ती हुनुकाेसाथै गुणतरहिन काम भएकाले ठेकेदार कम्पनि अर्याल ब्रदर कन्ट्रक्सनलाई ३ दिन भित्रमा काम सुरुगरी चैत भित्रमा काम सक्ने अल्टिमेटम दिएकाे छ ।
काम अलपत्र छाडेकाे र भएकाे निर्माण पनि गुणस्तरहिन भएकाे भन्दै स्थानीय जनप्रतिनिधिले नाला भत्काइदिएका छन् । विकास निर्माणमा हुनेगरेकाे ढिलासुस्तीले सडक दुर्घटना समेत निम्त्याउने हुँदा समयमै काम सक्न सापकाेटाले निर्माण कम्पनिलाई निर्देशन दिए ।
निर्माण कम्पनिलाई कुनै समस्या छ भने व्यावहारिक रुपमा सुल्झाउन सहयाेग गर्न आफू तयार भएकाे तर अझै पनि विभिन्न बहाना बनाउन खाेज्ने हाे भने स्वीकार्य नहुने चेतावनी दिए ।
समयमा सडक नबन्दा निकै कष्ठ झेल्नपरेकाे भन्दै स्थानीय जनप्रतिनिधि र स्थानीयले चर्काे आक्रोश पाेखेका थिए । संघ तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि र स्थानीयकाे उपस्थितिमा सडक पिचकाे जिम्मा लिएका अर्याल प्रदर कन्ट्रक्सनका प्रोपाइटर सञ्जय अर्याललाइ ३ दिन भित्रमा काम सुरू गरि चैत भित्रमा बाटाे पिच गरिसक्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
भ्याटसहिट २५ कराेड ३५ लाख ७० हजार ३ सय १६ रुपैयाँ कार्य सम्झाैता भएकाेमा निर्माण पक्षले २३ कराेड ६० लाख ६० हजार १ सय ७० रुपैयाँ भुक्तानी लिइसकेकाे छ ।
समयमा बजेट निकासा नहुनु र काेराेनाकाे कारणले पनि काममा ढिलाइ भएकाे अर्याल प्रदर कन्ट्रक्सनका प्रोपाइटर सञ्जय अर्यालले बताए । अब १९ प्रतिशत काम बाँकी रहेकाले प्रतिबद्धता जनाए अनुसार काम हुने विश्वास दिलाए।
प्रतिक्रिया दिनुहोस