कति प्यारो मान्छे, तिमी मेरो मुटु भन्दा पनि
अझै दुरी घटाउँ जस्तो, यति नजिक बन्दापनि
तिम्रा तस्बिर हेरेर नै, दिन कटाउँ जस्तो लाग्छ
छाडिदिउँ कि आजैबाट, सारा काम धन्दा पनि
पवित्र यो सम्बन्धलाई, दुषित कहिले नपार है
साथ देउ दुनियाले, मेरो खोइरो खन्दा पनि
विछोडको वेदनामा, अझै कति तड्पिउँ म
अौँलाहरु थाके बाबै! भेट्ने दिन गन्दापनि
तिमीलाई भुल्न कुनै शर्तमा, राजी हुन सक्दिन
स्वीकार छ बरु मलाई, फाँसीको फन्दा पनि
चौतारा, सिन्धुपाल्चोक
२०७४ मंसिर २७ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस