कात्तिक २२, २०७९
चाैतारा : सिन्धुपाल्चोक प्रतिनिधि सभा १ लाेकतान्त्रिक -वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकाेटा ´सुवाेध`ले आफू निर्वाचित भएपछि दलिय घेरा भन्दामाथि उठेर काम गर्ने बताएका छन् ।
माओवादी केन्द्रका पाेलिब्यूरो सदस्य सापकाेटाले आफू माओवादी केन्द्रकाे नेता र गठबन्धनको उम्मेदवार भएपनि निर्वाचित भएपछि आफूलाई मतादान गर्ने र नगर्ने सबैकाे जीवनस्तर उकास्न लागि पर्ने बताए ।
मंगलबार चुनावी घरदैलाे तथा मतादाता भेटघाटकाे क्रममा लिसंखु पाखर गाउँपालिकाकाे विभिन्न वडाका मतादातासंग नेता सापकाेटाले भलाकुसारी गरेका थिए । निर्वाचन पछि नेता गाउँ नछिर्ने भन्ने मतादाताकाे गुनासाेलाई सम्बाेधन गर्दै सापकाेटाले समय तालिका बनाएर समय समयमा आफ्नाे निर्वाचन क्षेत्रका मतादाताकाे घरदैलाेमा आउने बताए ।
मतादाता भेटघाटकाे क्रममा पाखरकाे विभिन्न बस्तिमा आयाेजित काेणसभालाइ सम्बाेधन गर्दै नेता सुबाेधले ढुक्क भएर गठबन्धनका उमेदवारलाई मतदान गर्न अपिल गरे ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा १ काे उमेदवार मसिना खड्काले आफू गठबन्धनको उमेदवार मात्र नभएर सम्पुर्ण पिछडिएका वर्गकाे साझा उमेदवार भएकाे बताइन् ।
काेणसभामा बाेल्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापति जंगबहादुर लामा , पुर्व सभापति भुपेन्द्र थापा ,काङ्ग्रेस नेता डा प्रेमध्वज लामा लगाएतले संविधानकाे रक्षा र स्थायित्वकाे लागि निर्माण भएकाे लाेकतान्त्रिक -वाम गठबन्धनका उमेदवारलाई मतादान गर्न आव्हान गरे।
घरदैलोमा पुगेका गठबन्धनका उमेदवार सापकोटा र खड्लाइ मतादाताले फुलमालाले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस