२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

विगतको कामको ब्याज खान आएको होइन, नयाँ योजनासहित आएको छु : दुलाल

  • २०७९ कार्तिक १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • कात्तिक १७, २०७९

    चौतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का लोकतान्त्रिक-वाम गठबन्धनका साझा उमेदवार युवराज दुलालले आफू पुराना कामको ब्याज खान नभएर नयाँ योजना सहित जनतासामू गएको बताएका छन् ।

    माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुलालले आफू पहिले पनि केहि योजनासहित जनतासामू गएको र जनअनुमोदित भए पश्चात् आफ्नो बाचा पूरा गरेको बताए ।

    बागमती प्रदेशको पूर्वसामाजिक विकास मन्त्री दुलालले विगतमा आफूले गरेको कामको स्मरण गर्दै आफू त्यही कामको ब्याज खान आएको नभएर केही जनपक्षीय योजना सहित जनतामा आएको बताए ।

    मतादाता भेटघाटको क्रममा इन्द्रावती गाउँपालिकाको विभिन्न बस्तिमा पुगेका उमेदवार दुलालले जनताको अपार माया र स्नेह पाएकाले आफ्नो जित सुनिस्चित रहेको बताए ।

    गाउँ बस्तिको विकास र देसलाइ निकास दिन लोकतान्त्रिक-वाम गठबन्धनका उमेदवारहरुलाई जिताउनुपर्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस