२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

प्रतिनिधिसभाको मत गणना सकियो, प्रदेशको सुरु

Thumbnail
  • २०७४ मंसिर २३, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    २३ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ ।

    प्रतिनिधि सभाको मतगणना कार्य सकिएपछि प्रदेशसभाको मत गणना सुरु गरिने भएको छ । मूख्य निर्वाचन कार्यालयको अनुसार शनिबार १० बजे देखि प्रदेशसभाको मतगणना गरिने छ । ४ स्थानबाट मतगणना गरिने जनाईएको प्रदेशसभाको ३० घण्टाभित्र मत गनिसक्ने लक्ष्य राखिएको छ ।

    चार प्रदेशको छुट्टाछुट्टै मत गनिने मूख्य निर्वाचन अधिकृत दिपक खनालले बताए । प्रतिनिधिसभा १ को प्रदेश ‘क’ मा बाम गठबन्धनको तर्फबाट अरुण नेपाल र ‘ख’ मा शरेश नेपाल उम्मेदवार छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट ‘क’ मा विष्णु खत्री र ‘ख’ मा राजेन्द्रकुमा श्रेष्ठ उम्मेदवार रहेका छन् ।

    प्रतिनिधिसभा २ को प्रदेश ‘क’ मा बाम गठबन्धनको तर्फबाट युवराज दुलाल र ‘ख’ मा दावा तामाङ उम्मेदवार छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट ‘क’ मा विकास तामाङ र ‘ख’ मा निमा लामा उम्मेदवार रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस