कात्तिक ११, २०७९
चाैतारा । नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१)का उम्मेदवार युवराज दुलाल शरदले माेहन बस्नेतलाई जिताउन अाह्वान गरेका छन्।
वाम लाेकतान्त्रिक गठबन्धनले हेलम्बुमा गरेकाे कार्यक्रममा बाेल्दै उनले भने, ‘गफ गर्नेलाई हाेइन, विकासका पर्यावाची माेहन बस्नेतलाई जिताउनुस्।’
साेही कार्यक्रममा बाेल्दै नेता बस्नेतले अाफू सक्ने काम मात्र बाेल्ने बताए। उनलेे ५ बर्षमा सिन्धुपाल्चोक २ काे मुहार फेर्ने दावी गरे।
यस्तै, सिन्धुपाल्चोक १ का गठबन्धनका उम्मेदवार माधव सापकोटा सुवाेधले गठबन्धनलाई जिताउन निर्देशन दिए।
त्यस्तै, एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्मचार्यले चुनावी जीतका लागि मात्र गठबन्धन नभई संविधानको रक्षा र समाजवादका आधार निर्माण गरि जनताको जिवन शैली परिवर्तन गर्नका निमित्त गठबन्धनको जित हुन आवश्यक रहेको जिकिर गरे।
मसिंर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले गाँउपालिका र नगरपालिका स्तरिय कार्यकर्ता भेला तथा चियापन कार्यक्रम संचालन गर्दै आएका छन् ।
अभियान अन्तर्गत गठबन्धनले शनिबार इन्द्रावतीमा कार्यक्रम गर्दैछ।
प्रतिक्रिया दिनुहोस