कार्तिक ७, २०७९
चाैतारा । सिन्धुपाल्चोकका अग्रज नेतृत्व द्वय अग्निप्रसाद सापकोटा र मोहन बहादुर बस्नेतले लोकतान्त्रिक वाम गठबन्धनलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार विहान लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुसहित काठमाडौंमा भएको छलफलमा सापकोटा र बस्नेतले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
नेताद्वयले राष्ट्रिय आवस्यकताले देशभर गठबन्धन बनेको चर्चा गर्दै यसलाई सबैले इमान्दार भएर पालना गर्नुको विकल्प नभएको बताए ।
लोकतान्त्रिक वाम गठबन्धनले जिल्ला तहमा संयुक्त बैठकहरु जारी राखेका बेला शीर्ष तहमा छलफल भएको हो । त्यस अघि सापकोटा र बस्नेतबीच एक्ला एक्लै छलफल भएको थियाे।
प्रतिक्रिया दिनुहोस