२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार मै हुँ : माेहन बस्नेत

  • २०७९ आश्विन १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • असोज १२, २०७९

    चाैतारा । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार आफैं भएको दाबी गरेका छन्।

    उनले एक रेडियाेसँगकाे अन्तर्वार्ताकाे क्रममा भने, ‘पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो । हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो । अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार मै हुँ । अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ।’

    कांग्रेस बलियो भएको ठाउँमा माओवादी केन्द्रले दाबी गर्न नमिल्ने पनि उनको जिकिर गरे।

    ‘पार्टी कमजोर ठाउँमा पो तालमेल गर्ने हो । मेरो क्षेत्रका ५४ वटामध्ये एक्लै ३२ वडा कांग्रेसले एक्लै जितेको छ । क्षेत्रका तीनै सिट पार्टीले जित्ने स्थिति छ । एक लिटरको भाँडोमा पाँच लिटर हाल्यो भने पोखिइहाल्छ नि’ उनले भने, ‘अरु बलियो ठाउँमा चुनाव लड्छु भनेपछि कसरी मिल्छ ? रोल्पा-रुकुममा माओवादीले कांग्रेसलाई दिन्छ ? कांग्रेसलाई दियो भने माओवादीभित्र पनि लफडा हुन्छ।’

    कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन नभए विद्रोह हुने पनि उनले औंल्याए ।

    ‘अप्राकृतिक गठबन्धन र गलत तरिकाले सिट बाँडफाँट सम्भव छैन । कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन हुन सक्दैन । त्यो हुन थाल्यो भने शेखर कोइराला समूह मात्र होइन, संस्थापनभित्रै पनि विद्रोह हुन्छ । जो लोकप्रिय छ, जसको संगठन बलियो छ, त्यसले टिकट पाउनुपर्छ’ उनकाे भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस