२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बलेफी-तेम्बाथान सडकको समयमै निर्माण सक्न सभामुखको निर्देशन

  • २०७९ आश्विन ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • असोज ६, २०७९

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले बलेफी जलबिरे तेम्बाथान सहाय राष्ट्रिय राजमार्ग अन्तरगत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडक खण्डको निरीक्षण गरेका छन्।

    सो क्रममा उनले मयमै तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गर्न र बाटो नियमित सुचारु गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएका छन्।

    सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, बलेफी गाउँपालिकका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यलय दोलखाका इन्जिनियर, निर्माण पक्षलगायतको उपस्थिति रहेको थियो।

    सडक डिभिजन कार्यालयका इन्जिनियर पोशक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशात भौतिक प्रगति भएको छ । आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इन्जिनियर नेपालले जानकारी गराए।

    सो सडक खण्ड अन्तरगत टुनिबोटेदेखि जलविरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि सम्माननीय सभामुखज्यूको पहलमा ४७ करोड रकम बिनियोजन भएकोमा सोही अनुसार डिजाइन इस्टिमेटको काम सकिएकोले ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर नेपालले जानकारी गराए।

    हाल स्तरोन्नति भैरहेको सडक खण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिवद्धता निर्माण पक्षले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस