२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ठूलोसिरूवारी सिन्धुपाल्चोककाे पहिलो बालमैत्री वडा घाेषणा

  • २०७९ भाद्र २९, बुधबार मा प्रकाशित २ साल अघि
  • भदौ २९, २०७९

    चाैतारा। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलाेसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

    विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।  

    नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हाे । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

    वडा बालसंरक्षण समितिका अनुसार वडामा बालविवाहमा न्यूनीकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषणा गरेका हुन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस