२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

गठबन्धनका लागि खुला छाैँ, तर एक्लै बहुमत ल्याउँछौं : शेरबहादुर तामाङ

  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • भदौ ९, २०७९

    चाैतारा । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।

    काठमाडाैंमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले सबै दल मिलेर आएपनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहमुत ल्याउने दाबी गरेका हुन् ।

    उनले भने,‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव संकलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन् । भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दैछौं । मंसिर ४ गतेको निर्वाचनको लागि हामी उत्साही छौं । बाहिर गठबनधनले जित्छ भन्ने समाचार आईरहेको बेला, स्थायी कमिटी बैठकमपार्फत हाम्रा प्रदेश ईन्चार्जहरुबाट आएको रिपोर्टबाट हामी उत्साही छौं ।’

    उनले देशव्यापी रुपमा पार्टी पँक्तिबाट आएको रिपोर्टबाट आफूहरु चुनावको लागि उत्साही रहेको बताएका हुन् ।

    ‘ अहिलेपनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन् । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँच वटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दापनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टिले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं’ उनकाे भनाइ छ।

    गठबन्धन गर्न चाहेनहरुसँग भने विचारको आधारमा आफूहरु खुला रहेको सुनाए ।

    उनले भने,‘हामीले प्रष्ट भनेका छौं–लोकतन्त्रवादी, देशभक्ति र प्रगतिशील शक्ति एमालेसँगको साथमा उभिन्छौं भनेर आउनुभयो भने हामी उभ्याउँछौं । तर, वामपन्थी हुँ भन्ने शक्तिलाई, जो एमालेसँग साथमै उभिन्छौं भन्नेलाई हाम्रा शर्त छन । एमालेको झण्डा र चुनाव चिन्ह प्रयोग गर्नुपर्छ । वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँडने बेलामा अर्को घरको बास्ना आयो भनेर सर्नेसँग विश्वास छैन् ।’

    उनले निर्वाचनको लागि आफूहरुले अब विगतको गीत नगाउने पनि स्पष्ट पारे ।

    उनले भने,‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौ भनेर बढि फोकस हुन्छौं । पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब हामी प्रोत्साहान दिँदैनौं । युवा जेनरेशनलाई प्राथमिकता दिन्छौं ।’

    आर्थिक समृद्धि, रोजगारी विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिईने उनको भनाइ छ ।

    ‘हामी उर्जाको विकास गरेर जान्छौं । सबै जनतालाई घरायशी प्रयोजनको लागि निःशुल्क विजुली दिन सक्छौं । यसो हुँदा एक खर्बको ग्याँस विस्थापित गर्छौं । स्वास्थ्य बिमाको नयाँ पूनसंरचना गर्छौं । नेपाली जनताको शतप्रशित उपचार निःशुल्क गर्छौं ’ उनले भने, ‘अब जनताले उपचारको चिन्ता गर्नुपर्दैन् । हामी नेपाली जनतासँग गठबन्धन गर्छौं । जनता नै एमालेको भरोसायोग्य साथी हुनेछ । एकचोटी एमालेलाई बहुमत भनेर अपिल गरेका छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस