२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आलुको उत्पादन पाँच गुणाले बढ्ने

  • २०७९ भाद्र ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • भदौ ७, २०७९

    चौतारा । पाँचपोखरी थाङपाल गाउँपालिकामा यस वर्ष विगतको भन्दा पाँच गुणाले आलुको उत्पादन बढेको छ।

    यस वर्ष समयमै मनसुन सुरु भएको हुँदा पहिलेको भन्दा करिब पाँच गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए।

    गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राविधिक तवरले सक्दो सहयोग गरेको गिरीले बताए। भण्डारण, प्राविधिक तथा अन्य धेरै क्षेत्रमा पालिकाले सहयोग गरेको गिरीले बताए।

    गाउँपालिकाको सहयोगले पनि आलुखेती गर्न प्रोत्साहन मिलेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका आलु उत्पादक किसान पासाङ लामाले बताए।

    पहिला आलुमा के रोग लागेको थाहा हुँदैन थियो तर अहिले सामान्य समस्या हुँदासमेत प्राविधिक सल्लाह पाइन्छ। यसले गर्दा अझै खेती गर्न हौसला मिलेको लामाको भनाइ छ।

    ३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजारदेखि १५ हजार किलोसम्म आलु उत्पादन हुने अनुमान गरेको गिरीले बताए। उनी जस्तै धेरै जनाले अहिले यो पेसा सुरु गरेका बताए। प्रदेश सरकारले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् ।

    उनीहरुले पाएको र कागजमा खेती गरेको आधारमा अनुदान वितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस