भदौ ५, २०७९
चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकबाट प्रत्यक्ष चुनाव लड्न पशुपति शम्सेर जबराको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कार्य समितिले प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाएको छ ।
जिल्ला अध्यक्ष कुमारी तामाङले पठाएको सिफारिसमा पशुपतिशम्सेर जबराको नाम क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा छ । त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधिसभामा नरसिंह श्रेष्ठ, गुनु पाख्रिन, गोपीकृष्ण चौलागाईँ र लिलादेवी चौलागाईँको नाम सिफारिस भएको छ ।
राणाले पञ्चायतकालदेखि लगातार सोही क्षेत्रबाट चुनाव जित्दै आएका थिए । २०६४ देखि भने उनी तीनवटै चुनावमा पराजित भएका छन् । अघिल्लो निर्वाचनमा उनी दुईपटक एमालेका शेरबहादुर तामाङसँग पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस