२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बाढीले अवरूद्ध मेलम्ची-हेलम्बु सडक सञ्चालनमा

  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित २ साल अघि
  • भदौ ४, २०७९

    चाैतारा । बिहीबार रातिदेखि अवरुद्ध मेलम्ची–हेलम्बु सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

    बिहीबार रातिको वर्षाले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको थिएन । गए रातिको वर्षाले सडकमा थप क्षति हुँदा मानिस आवतजावत समेत बन्द भएको थियो ।

    अवरुद्ध सडक आज दिउँसो २ः००बजेबाट सञ्चालन भएको मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले जानकारी दिए।

    हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राति वर्षा हुँदा सधैँ सडक अवरुद्ध हुने गरेको भन्दै दिगो हुने गरि सडक निमार्ण गर्न नगरपालिकासँग आग्रह गरे।

    सडक अवरुद्ध हुँदा हेलम्बुका सात वटा वडा र मेलम्ची, पाँचपोखरीका दुई वडाका नागरिक प्रभावित भएका थिए । अहिले पुल नहुँदा मेलम्ची–हेलम्बु सडक मात्र विकल्पको रुपमा रहेको छ ।

    घरबाट दैनिक मेलम्ची आउजाउ गर्नेलाई झन् धेरै समस्या परेको हेलम्बुका कृष्ण तामाङले गुनासो गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस