२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

वामदेव गाैतमलाई जनताले अनुमोदन गर्दैनन्, हार्छन् : शरद

  • २०७९ भाद्र १, बुधबार मा प्रकाशित २ साल अघि
  • भदौ १, २०७९

    चाैतारा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने बताएका छन्।

    संयोजक गौतम माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि असन्तुष्टि जनाएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘…भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी। राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।’

    राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस