२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बाढीले सडक अबरुद्ध भएपछि हेलिकप्टरमार्फत सुत्केरीकाे उद्वार

  • २०७९ श्रावण ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • साउन ५, २०७९

    चाैतारा । बाढीकाे कारण सडक अबरुद्ध भएपछि हेलम्बु गाउँपालिका-५ बाट सुत्केरी सहित २ बिरामी महिलाकाे हेलिकप्टर मार्फत उद्वार गरिएकाे छ ।

    हेलम्बु ५ की माया तामाङ सुत्केरी भएपश्चात नवजात शिशुकाे मृत्यु भएकाे र रक्तश्राप नराेकिँदा मायाकाे अवस्था गम्भीर हुँदै गएकाे थियाे । बिरामीलाई अस्पताल पुर्‍याउन तत्काल अरू उपाय नभएपछि हेलम्बु गाउँपालिकाले हेलिकप्टर मगाएकाे थियाे।

    सुत्केरी महिलासँगै अर्का बिरामीकाे पनि उद्वार भएकाे छ। हात भाँचिएकाे माइली तामाङकाे पनि हेलिकप्टर मार्फत उद्वार गरिएकाे हेलम्बु -५ का वडाध्यक्ष दिप तामाङले जानकारी दिए ।

    आर्थिक बर्ष ७८/७९ देखि नेपाल सरकारले राष्ट्रपति आमा सुरक्षा कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाकाे हेलम्बु, पाँचपाेखरी र जुगल गाउँपालिकाकाे वडा नं २ र ३ का विकट हिमालि बस्तीहरूमा सुत्केरी महिलाहरूकाे लागि निःशुल्क इयर एम्बुलेन्सकाे व्यवस्था गरेकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस