साउन १, २०७९
चौतारा । सरकारले जुरे पहिरो पीडित नाममा जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको छ।
असार ३१ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको बताए।
२०७१ सालमा आएको पहिरो पीडितको नाममा २ करोड २४ लाख सरकारी खातामा रोकिएको थियो। सरकारले फुकुवा गर्ने निर्णयपछि अब ८ बर्षपछि पीडितहरुले सो रकम पाउने भएका छन्।
प्रतिक्रिया दिनुहोस