२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

लिदी पहिरो पीडित बालिकाको पढाइका लागि सुवाेधको पहल

Thumbnail
  • २०७९ अषाढ ३१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • असार ३१, २०७९

    चाैतारा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीकी भूकम्प र पहिरो पीडित असमाइ दोङको पठनपाठनको व्यवस्थापन भएको छ ।

    २०७२ सालको भूकम्पमा परी राम्रोसँग बोल्न र हिड्न नसक्ने दोङकोे माओवादी पोलिटव्युरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज माधव सापकोटा ‘सुबोध’को पहलमा शिक्षा दिक्षाका व्यवस्थापन भएको हो ।

    २०७७ श्रावण ३० गतेको लिदी पहिरो पीडित समेत रहेकी उनको पठन–पाठन एवं बसोबासको व्यवस्थापन असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेसन नेपाल, ललितपुरमा हुने भएको छ ।

    दोङको शिक्षा र संरक्षणको आवश्यकता भएको थाहा पाएपछि नेता सुबोधले पलह कदमी लिएको र सोही अनुसार पठनपाठनको व्यवस्था भएको बालिकाको नजिकका आफन्तले जानकारी दिएका छन् । उनी हाल १४ बर्ष भएकी छन् ।

    २०७२ सालको भूकम्पमा घाइते उनको त्यस बेला पनि माओवादी नेता सुबोधले नै उद्धार गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस