असार २९, २०७९
चौतारा । गत बर्षको विनाशकारी बाढीका कारण तहसनहस भएको हेलम्बु-मेलम्ची क्षेत्रमा ३ करोड ३९ लाख रुपैयाँको अस्थायी तटबन्ध बनाएको छ।
बागमती प्रदेश सरकारद्वारा विनियोजित रकम जिल्ला भूसंरक्षण कार्यालयलय सिन्धुपाल्चोक मार्फत विभिन्न २९ ओटा उपभोक्ता समितिलाइ रकम भुक्तानि दिएको हो ।
आर्थिक बर्ष २०७८र८९ काम सम्पन्न भै भुक्तानि लिइएको ती योजनाहरुको मंगलबार जनप्रतिनिधि र सम्बन्धित कार्यालयबाट अनुगमन समेत भएको छ ।
रकम विनियोजन प्रक्रियामा मद्दत गर्ने बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद युबराज दुलाल, जिल्ला भूसंरक्षण कार्यालय सिन्धुपाल्चोकका प्रमुख दिवाकर मास्के, इन्जिनियर, सञ्चारकर्मी लगाएतको संयुक्त टोलिले योजनाको अनुगमन गरेको छ।
अनुगमन पश्चात् उपभोक्ता समितिले सन्तोषजनक काम गरेको बताउँदै सांसद दुलालले बताए। उनले मेलम्ची, इन्द्रावती नदि संरक्षण एकीकृत योजनामार्फत् दिर्घकालिन रुपमा स्थायी तटबन्ध, निर्माणको र राहतको काम हुने समेत आश्वासन दिए।
विनियोजित ३ करोड ७५ लाख रकममा कार्यालयको नियमानुसार रकम कट्टिभइ ३ करोड ३९ लाख रुपैयाँ २९ ओटा उपभोक्त समितिको नाममा रकम भुक्तानी दिइएको भूसंरक्षण कार्यालयका प्रमुख दिवाकर मास्केले जानकारी दिए ।
अनुगमनमा गएका सांसद दुलाललाई बाढीपीडितको घाउमा मल्हम लगाएको पीडितहरूले धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस