२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पार्टी बिग्रिँदै गयो, जनताका एजेन्डा बोक्नै छाड्यो : सरल सहयात्री :

  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित २ साल अघि
  • असार १९, २०७९

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन्।

    प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रदेश समिति अध्यक्षहरुले माओवादीले जनताका एजेन्डा छाड्दै गएको गुनासो गरेका छन्।

    बैठकमा बोल्दै बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले पार्टीले जनताका एजेन्डा छाड्दै गएको गुनासो गरेका छन्।

    ‘पार्टीले सामाजिक एजेन्डा भुल्दै गयो। जनताका सामान्य एजेन्डाहरू उठाउन नसक्ने अवस्थामा माओवादी पुगेको छ’, उनले भने, ‘स्थानीय तह निर्वाचनमा अन्तर्घात डरलाग्दो देखिएको छ। यसको गम्भीर समीक्षा गर्नुपर्छ। हाम्रै पार्टीका सांसदहरूले बजेट आफ्नै गाउँबाहेक अन्त दिँदैनन्, यसको समीक्षा हुनुपर्छ।’

    उनले बैठकमा स्थानीय तह निर्वाचनको परिणामले अन्य दलहरूसँगको तालमेल सफल नहुने पुष्टि गरिसकेको पनि बताएका छन्।

    बैठकमा पार्टीभित्रको समस्या पनि गम्भीर बन्दै गएको कुरा उनले उठाएका छन्।

    ‘यही केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी र अन्य सदस्य टुंगो लगाउनु पर्छ’, उनले भने, ‘विद्यार्थीको विवाद मिलाउने काममा नैतिक रुपमा हामी पछि परिसकेका छौँ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस