२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सुवाेधकाे आरोप : माओवादी हराउन कांग्रेस-एमाले अघाेषित गठबन्धन भयाे

  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित २ साल अघि
  • असार ११, २०७९

    चाैतारा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकका इन्चार्ज माधव सापकोटा सुवाेधले सिन्धुपाल्चोकमा माओवादीलाई हराउन कांग्रेस र एमालेबीच अघाेषित गठबन्धन गरेकाे आरोप लगाएका छन्।

    माओवादी केन्द्र सिन्धुपाल्चोकले शनिवार चौतारामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले एमालेसँग अघोषित गठबन्धन गरेर माओवादी हराउन लागेको टिप्पणी गरेका हुन्।

    ‘चौतारा साँगाचोकगढी नगरपालिकामा कांग्रेस र एमाले मिल्दा पनि माओवादी हराउन नसक्ने भएपछि उनीहरु सिंगल चुनाव लडेका हुन्‘ नेता सापकोटाले भने।

    माओवादी केन्द्रका बागमती प्रदेश समिति अध्यक्ष सरल सहयात्री पौडेलले अर्को चुनावको तयारीमा लाग्न पार्टी संगठनलाइ निर्देश गरे ।

    सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये माओवादीले एक नगरपालिकासहित ४ स्थानीय तह र ११ ओटा वडा जितेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस