असार ११, २०७९
चाैतारा । गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।
स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताउनुभयो। यसबाट ६ वडाका बासिन्दा प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस