२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रचण्डकाे दाबी : सत्ताकाे चाबी माओवादीकै हातमा हुन्छ

  • २०७९ अषाढ ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • असार ९, २०७९

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी देशको दोस्रो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।

    बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले स्थानीयभन्दा अबको निर्वाचनमा गुणात्मक परिणाम ल्याइने उल्लेख गरे । ‘आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो, वामपन्थी पहिलो पार्टी बन्ने सम्भावना छ’ उनले भने ।

    चाबी माओवादीको हातमा भए पनि ताला खोल्नै अन्यत्रै जानुपर्ने उनको भनाइ छ । आउँदो निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) आफूहरूसँग मिल्न आउने वातावरण बनाउने समेत उनले बताए ।

    ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेस र एमाले माओवादीसँग मिल्न आउनुपर्ने आधार बनाउनुपर्छ । त्यो सम्भावना देखेका छौँ’ उनले भने ।

    प्रचण्डले साउन १५ भित्रै उमेदवार चयन गर्ने योजना रहेको सुनाए । उमेदवार चयन गर्दा जनताले लोकप्रिय मानेका व्यक्तिलाई छान्नुपर्ने उनको भनाइ छ ।

    उनले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने भन्दै त्यसमै भर पर्ने ‘त्रुटि’ नगर्न निर्देशन समेत दिए । ‘गठबन्धन त चुनावसम्मै जान्छ, योपटक गठबन्धनमा चाहिनेभन्दा बढी आस गर्‍यौँ’ उनले भने, ‘एक्लै भिड्ने तयारी गरौँ । एक्लै भिड्ने तयारी गरे गठबन्धनमा जान्छौँ । गठबन्धन भएपछि जितिहान्छि भनेर रिल्याक्स गर्ने त्रुटि नगरौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस