२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

राणालाई झड्का, ‘धाँधली नभएको’ आयोगको निष्कर्ष

Thumbnail
  • २०७४ मंसिर १९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    १९ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    निर्वाचन धाँधली भएको भन्दै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले निर्वाचन आयोगमा दिएको उजुरीमाथी छानविन गर्दा धाँधली नभएको पाईएको आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ अन्तरगत चौतारा साँगाचोकगढी– १३ मा रहेको सेतिदेवी मावि मतदान केन्द्रमा निर्वाचन धाँधली भएको भन्दै राणाले आयोगमा उजुरी दिएका थिए ।

    तर, निर्वाचन आयोगले सो मतदान केन्द्रमा कुनै धाँधली नभएको जनाएको छ । ‘सेतिदेवी मावि मतदान केन्द्रका तीनवटै मतदान अधिकृतसँग निर्वाचन निष्पक्ष भए नभएको प्रतिवेदन मागेका थियौं’, सिन्धुपाल्चोकका मूख्य निर्वाचन अधिकृत दिपक खनालले खबरज्योतिसँग भने– ‘सो प्रतिवेदन र उजुरी दुबै हामीले आयोगमा पठाएका थियौं, आयोगले छानविन गरी कुनै धाँधली नभएको जनाएको छ ।’

    ‘धाँधली नभएको’ आयोगले जनाएपछि सो मतदान केन्द्रमा राणाले ‘पुनः मतदान हुनुपर्ने’ माग गरेपनि मतदान नहुने भएको छ । ‘आयोगले धाँधली नभएको भने पछि अब सो मतदान केन्द्रमा पुनः मतदान हुँदैन’, मूख्य निर्वाचन अधिकृत खनालले भने । यस विषयमा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    मंगलबार निश्पक्ष तथा शान्तीपूर्ण तबरमा मतदान सम्पन्न गराएको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले सेतिदेवी मावि मतदान केन्द्रका तीन मतदान अधिकृतसँगै जिल्लाभर खटिएका २ सय ८५ मतदान अधिकृतलाई सम्मान गरेको छ ।

    यता, मूख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर २१ गते साँझ ५ः०० बजेदेखि मत गणना सुरु गर्ने जनाएको छ । पहिलो खण्डमा प्रतिनिधिसभा र त्यसपछि प्रदेशसभाको मत गणना गरिने कार्यालयले जनाएको छ । प्रत्यक्ष तर्फको मत गणना गरिसकेपछि मात्रै समानुपातिक तर्फको मत गणना गरिने छ । मत परिणाम एकसाता भित्र आईसक्ने मूख्य निर्वाचन अधिकृत खनालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस