जेठ २८, २०७९
चाैतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोक गठनमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ । कांग्रेसले सभापतिसहित सात सदस्य र एकीकृत समाजवादीले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमति भएको हो ।
सभापतिमा कांग्रेसबाट बालकृष्ण श्रेष्ठको नाम निर्णय भएको छ भने उपसभापतिमा एकीकृत समाजवादीबाट रामशरण अधिकारीलाई अगाडि सारिएको छ । श्रेष्ठ बाह्रबिसे– ४ बाट र अधिकारी चौतारा साँगाचोकगढी– १ बाट सदस्यमा निर्वाचित भएका थिए ।
१२ स्थानीय तहमा पाँच प्रमुख र सात उपप्रमुख कांग्रेसले जितेको छ । प्रमुख–उपप्रमुखको २४ सिटमा १२ कांग्रेस, सात एमाले, चार माओवादी केन्द्र र एक एकीकृत समाजवादीसँग छ ।
स्थानीय चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेर विजयी भएकी चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।
एमाले र माओवादीसँग ११ सिट छ । दुई पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । प्रमुखमा माओवादीबाट गणेश विक र उपप्रमुखमा एमालेका जेपी सिलवाललाई अगाडि सारिएको छ । नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस