२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बजेटमा मेलम्ची नसमेट्नु जनताको अपमान हो : शेरबहादुर तामाङ

  • २०७९ जेष्ठ १६, सोमबार मा प्रकाशित २ साल अघि
  • जेठ १६, २०७९

    चौतारा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले सरकारले ल्याएको बजेटमा सिन्धुपाल्चोक जिल्लालाई नसमेटेकोप्रति आपत्ति जनाएका छन्।

    सरकारले आगामी बर्षको बजेट सार्वजनिक गरेपछि उनले सिन्धुपाल्चोक जिल्लाको बारेमा केहीपनी नसमेट्नु जनताको अपमान भएको बताएका हुन्।

    मेलम्चीको बाढीबारेमा पटक पटक पहल गर्दा पनि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख नगरेको गुनासो गरे।

    उनले फेशबुकमा लेखेका छन्, ‘मेलम्चीको बाढी बारेमा हामीले पटक पटक पहल गर्दा पनि नीति तथा कार्यक्रममा आएन, बजेटमा पनि आएन, साथै मेलम्ची खानेपानी विकास समिति पनि विघटन गरेकोले अब गठबन्धन सरकार मेलम्चीको पानी र थप याङ्ग्री र लार्केको पानी पनि जबरजस्ती लाने नियतमा लागेको देखियो।’

    मेलम्ची खानेपानी विकास समिती नै विघटन गरेकोले सामाजिक उत्थान कार्यक्रमहरु पनि विघटन भएको हुनसक्ने उनको भनाइ छ।

    यस्तो गहन विषयमा बजेटमा ध्यान नपुर्‍याउनु र सिंगो सिन्धुपाल्चोक जिल्लाको बारेमा केहीपनी नसमेट्नु, मेलम्ची, हेलम्बु, पाँचपोखरी र ईन्द्रावती क्षेत्रका जनता र सिंगै सिन्धुपाल्चोक जिल्लाको जनताको अपमान हो सबै जनताको तर्फबाट खेद व्यक्तm गर्दछु’ उनले भनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस