२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा १ लाख ६३ हजार राष्ट्रिय परिचयपत्र विवरण संकलन

  • २०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित २ साल अघि
  • जेठ ८, २०७९

    चाैतारा । राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा १ लाख ६३ हजार ४ सय ४३ जना सेवाग्राहीले सेवा पाएका छन् ।

    गएको मङ्सिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।

    अभियान अन्तर्गत लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेका छन् ।

    त्यस्तै नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट २० हजार जना भन्दा बढीले विवरण दर्ता गरेका छन् ।

    डिजिटल नेपालको आधार स्तम्भ तयार गर्दै सुशासन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सुरु भएको यो अभियानमा छुटेका र लिन बाँकीहरूका लागि भने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको पनि अधिकारी खनालले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस