२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

जुगलमा पुनःगणना गर्दा एमालेका उम्मेदवार झन् धेरै मतले जिते

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित २ साल अघि
  • जेठ १, २०७९

    चाैतारा । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी भएका छन् ।

    पहिलोपटक गरिएको गणनामा एक मतले जितेका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।

    सुरुमा गन्दा लामाले ६०९ र प्रतिस्पर्धी माओवादीका प्रताप लामाले ६०८ मत पाएका थिए । दोस्रोपटक गन्दा ६१२ र ६०३ मत आएको छ । दोस्रोपटक गणना गर्दा फरक मतपरिणाम आउनुले गणनामाथि नै प्रश्न उठाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस