२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकको बाह्रबिसे १ मा कांग्रेस विजयी

  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित २ साल अघि
  • बैशाख ३१, २०७९

    चाैतारा । बाह्रबिसे–१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा चार सय १५ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए । १२ स्थानीय तहमध्ये चारको मतगणना सुरु भएको छ । बाह्रबिसे नगर, भोटेकोसी, हेलम्बु र जुगल गाउँपालिकाको मत गणना सुरु भएको हो ।

    मत गणनाको प्रारम्भिक नतिजाअनुसार भोटेकोसी, बाह्रबिसे र हेलम्बुमा नेपाली कांग्रेस अगाडि छ । जुगल गाउँपालिकामा माओवादी केन्द्र अगाडि रहेको छ । इन्द्रावती, चौतारा साँगाचोकगढी, बलेफी, सुनकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखरको मत गणना बिहान १० बजेदेखि सुरु गरिने भएको छ । पाँचपोखरी थांपाल गाउँपालिकामा भने विवाद भएकोले मत गणनाको टुंगो छैन ।

    भोटेनालाङमा एमाले र गुन्सामा माओवादी–कांग्रेस गठबन्धनले बुथ कब्जा गरेको भन्दै निर्वाचन कार्यालयमा रिट परेकोले त्यसको टुंगो नलागेसम्म मत गणना नगर्ने सहमति भएको छ । मेलम्चीमा राती अबेर आएको मतपेटिका रुजु गर्ने काम सकिएकोले १० बजेपछि सर्वदलीय बैठक बसेर निर्णय लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस