२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्ची-९ मा मतदान अवरुद्ध, घरमै पसेर कुटपिट गरेको आरोप

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • वैशाख ३०, २०७९

    चाैतारा । स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेमा मतदानकार्य अवरुद्ध भएको छ ।

    मतदानका क्रममा विवाद भएपछि गोल्मस्थान स्वास्थ्यचौकी मतदान केन्द्रको मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

    शान्तिपूर्ण रूपमा मतदानकार्य हुनुपर्ने आग्रह गर्दा आफूहरूमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरूले हातपात गरेको नेकपा (एमाले) मेलम्ची नगर कमिटीका सचिव विष्णु कुँइकेलले बताए ।

    ‘हुलहुज्जत गर्दै नेपाली कांग्रेसका कार्यकर्ता जबरजस्ती गरे । स्वच्छ निर्वाचन गरौँ भन्दा आक्रमण भयो । घरघरमै आएर कुटपिट गर्ने कोसिस भयो । हामी घाइते भएका छौँ’ कुइँकेलले भने ।

    उनका अनुसार स्थानीय दिवाकर कुइँकेल, निशान ढकाल, पूर्वगाविस अध्यक्ष रमेश शर्मा कुइँकेल, उज्ज्वल नेपाली, एमाले जिल्ला कमिटी सदस्य डिलबहादुर नेपाली, नवराज गिरीलगायत व्यक्ति घाइते भएका छन् ।

    प्रमुख जिल्ला अधिकारी खनालले भने एक पक्षले घरमै आएर कुटपिट गरेको आरोप लगाएकोले यथार्थ बुझ्न थप सुरक्षाकर्मी पठाइएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस