खबरज्योति
१७ मंसिर २०७४, काठमाण्डौ ।
सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भई रहेको सुन तस्करी सक्रिय हुन थालेका छन् ।
आईतबार साँझ सिन्धुपाल्चोका फूलसिंह तामाङलाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्रयाएका थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।
काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट उनलाई पक्राउ गरिएको हो । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद हुदै आएका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार उनीमाथी अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस