२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘निःस्वार्थ जनसेवा गर्न उम्मेदवारी दिएको हुँ, कमाउने उद्देश्य छैन’

  • २०७९ बैशाख २७, मंगलबार मा प्रकाशित २ साल अघि
  • बैशाख २७, २०७९

    चौतारा । हेलम्बु गाउँपालिका २ का उम्मेदवार दिनेश बरुवालले आफू निर्वाचित भएमा कुनै पनि सेवा सुविधा नलिने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनको साझा उमेदवार रहेका बरुवालले वडाध्यक्षको हैसियतले पाउने सबै सेवा सुविधा अनाथ, विपन्न बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताएका हुन्।

    उमेदवार बरुवाल भन्छन्, ‘जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा होमिएको हुँ कमाउने सोच मेरो छैन। देख्दै आश लाग्दा युवाले सरकारी सुविधा समेत नलिई निःस्वार्थ जनसेवा गर्ने उद्घोष गरेपछि जन विस्वास बढ्दै गएको पाइन्छ।’

    व्यापार व्यावसाय गर्दै आएका २९ बर्षिय बरुवालले अन्य उमेदवारको तुलनामा शालिन र भद्र मानिन्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस