बैशाख २७, २०७९
चार दशक नेपाली राजनीतिको सशस्त्र र निशस्त्र संघर्षमा सक्रिय सहभागीता र नेतृत्व सम्हाल्दै आउनु भएका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ बिचार र निष्ठाको राजनीतिमा सतीसाल जस्तै हो । तीस बर्षे पञ्चायती शासनको अन्त्यपछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाका नेपालमा निर्वाचित थोरै जनप्रतिनिधि मध्ये एक कृष्णप्रसाद सापकोटा साविक कुविण्डे गाविसको अध्यक्ष हुनु हुन्थ्यो ।
मान,सम्मान र प्रतिष्ठा छोडी गाविस अध्यक्षको पद उपाध्यक्षलाई जिम्मा लगाएर मृत्यु वा मुक्तिको जोखिमका वीच २०५२ देखि वर्गसंघर्ष र वर्गीय मुक्ति आन्दोलनको नेतृत्व गर्दै जनयुद्धमा होमिनु भएका कृष्णप्रसाद सापकोटा हाँस्दा हास्दै रुन सक्ने र रुदा रुदै हास्न सक्ने पात्र हुनुहुन्छ ।
शहीद प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहनु भएका कृष्णप्रसाद सापकोटा जनयुद्धमा आफू मात्रै सहभागी हुनु भएन, आफना परिवारका सदस्यलाई पनि मुक्ति वा मृत्युको बलीभेदीमा चढाउनुभयो र २०५५ चैत ५ गते आफनी जेठी छोरी सुभद्रालाई मात्रै जनयुद्धमा गुमाउनु भएन, आफना भतिजाद्धय रेवती र प्रेमलाई पनि गुमाउनु भयो ।
कक्षा ९ मा पढ्ने १४ बर्षीया सुभद्रालाई साँस्कृतिक कार्यक्रमको क्रममा काभ्रेको अनेकोटमा अन्य ६ कलाकारसहित प्रहरीले हत्या गरेको थियो। त्यतिवेला उहाँ पार्टीको सिन्धुपाल्चोक र दोलखाको जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो। जनयुद्धका वेला नेकपा (माओवादी) को सिन्धुपाल्चोक, दोलखा, काभ्रे तथा रामेछपको इञ्चार्ज हुँदै उपव्यूरो इञ्चार्ज लगायतका भूमिका निर्वाह गरिसक्नु भएको छ उहाँले ।
कृष्णप्रसाद सापकोटा आफैमा एउटा योद्धा हो । उहाँ जस्ता लाखौंको त्याग र सुभद्राजस्ता हजारौंको बलिदानबाट प्राप्त भएको गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता र सम्बृद्धिको अजेण्डालाई गाउँदेखि नै कार्यान्वयन गर्ने उत्कट चाहनाका साथ नगरप्रमुखको उम्मेदवार हुनु भएको छ ।
कृष्णप्रसाद सापकोटासँग आफना रगतका टुक्रा गुमाउँदाको पीडा मात्रै छैन, जनयुद्ध र जनआन्दोलनका शहिद, वेपत्ता,घाइते,अपांगको सपना साकार पार्नु पर्ने दायित्व पनि छ । त्यतिमात्रै होइन, त्यो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाजवाद उन्मुख संविधानको रक्षा,प्रयोग र बिकास गर्दै सिंहदरवारको अधिकार गाउँ नगरमा स्थापित गराउनु पर्ने जिम्मेवारी पनि उहाँमा छ ।
त्यो जिम्मेवारी पूरा गर्न आधुनिक तथा दीगो कृषि कर्म गर्न सिकाएर किसानको जीवनमा सम्बृद्धि ल्याउनु पर्नेछ, शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी गुणस्तरिय शिक्षाको आधार तयार गर्नु पर्नेछ, स्वास्थ्यमा आम नागरिकको पहुँच पुरयाएर स्वस्थ समाज निर्माणको आधार तयार पार्नुछ, दीगो तथा वातावरणमैत्री पूर्वाधार बिकासको मूल आधार बनाउन नेतृत्व गर्नु पर्नेछ, नगरका मतदातालाई आर्थिक, भौतिक र सामाजिक सुरक्षा प्रदान गरी नगर सुशासन कायम राख्न सक्नु पर्नेछ, बन व्यवस्थापन गरी वनमा आधारित स्थानीय रोजगारी तथा आर्थिक समृद्धि ल्याउनु पर्नेछ, बिश्वभर चुनौती बन्दै गएको जलवायूजन्य प्रकोपको आँकलन तथा तयारी गरी जोखिमको न्यूनीकरण गर्ने योजना बनाएर कार्यान्वयन गर्नु पर्नेछ, स्थानीय मानवस्रोतको बिकास गरेर समग्र समृद्धिको आधार पार्नु पर्नेछ, प्राकृतिक तथा शैक्षिक पर्यटन स्थलको बिकास गरी स्थानीय रोजगारीमा योगदान दिने योजना कार्यान्वयन गर्नु पर्नेछ।
खेलकुद र त्यसका लागि चाहिने संरचनामा लगानी गरी युवाको बिकास र नगरको पहिचान स्थापित गर्न नेतृत्व गर्नु परेको छ, परम्परागत कला र संस्कृतिको प्रबद्र्धन गरी इतिहास र पहिचानको संरक्षण गर्नु पर्नेछ, सूचना र प्रविधिमा पहुँच स्थापित गराई पारदर्शीता र सुशासनलाई सुनिश्चिता प्रदान गर्नु पर्नेछ, राजनीतिक तथा सामाजिक सहकार्यमा जोड दिई स्रोतमा पहुँच र कामको प्रभावकारितामा बृद्धि गराउनु पर्नेछ, लैंगिक तथा समावेशीकरणको बिस्तार गरी सामाजिक न्यायमा अभिबृद्धि गर्नु पर्नेछ, बजारीकरण र नीजि क्षेत्रको संलग्नतालाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको मुनाफामा बृद्धि गराउने योजना कार्यान्वयन गर्नु पर्नेछ, समग्रमा आत्मनिर्भर अर्थतन्त्रको बिकास गरी समाजवादको आधार तयार पार्न नेतृत्व गर्नु पर्नेछ ।
सरलता र नम्रतामा नौनी जस्तै, बालबालिका, किशोर, किशोरी, युवा युवती, बयस्क, बृद्ध बृद्धा सबैसँग सहजै घुलमिल हुन सक्ने,आफूलाई शासक होइन, सेवक ठान्ने, किसान र मजदुरको पीडा बुझन सक्ने, शहिद, वेपत्ता, घाइते अपांगको मर्म अनुभुत गर्न सक्ने, नेता र कार्यकर्तालाई संयोजन गर्न सक्ने,जनयुद्ध र जनआन्दोलनको मर्म र भावना सम्झन सक्ने गुण कृष्णप्रसाद सापकोटामा छ । चौतारासाँगाचोकगढी नगरपालिका बागमती प्रदेशमा सबै भन्दा बढी शहिदको जन्मस्थान पनि हो। कृष्णप्रसाद सापकोटा पार्टीको बागमती प्रदेशको सह इञ्चार्जपनि हुनुहुन्छ।
उहाँको जन्म नै निरंकुशता बिरुद्धको संघर्षका लागि भए झै लाग्छ। बिक्रम सम्वत २०१७ को पुस १ गते तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेको दिन हो । त्यो घटना भएको ४१ दिनपछि अर्थात २०१७ माघ ११ गते सिन्धुपाल्चोकको कुविण्डेमा जन्मनु भएको होउहाँ। पञ्चायतका बिरुद्ध कुविण्डेका जनतामा जागरण ल्याउन उहाँले सामाजिक क्षेत्रमा गरेको योगदान, शैक्षिक जागरण ल्याउन कुविण्डेको बिद्यालयलाई माद्यामिक तहसम्म पुरयाउन गरेको योगदान बिर्सन लायक हुनै सक्दैनन्।
आफूलाई इमान्दार, परिपक्व र शालीन व्यक्तित्वको रुपमा आज होइन, २०३७ मा तत्कालीन नेकपा एकताकेन्द्रको सेल सेक्रेटरी हुँदादेखि नै चिनाउँदै आउनु भएको छ उहाँले । २०३८ मा पार्टीको जिल्ला समिति सदस्य र सोही बर्ष भारतको अयोध्यामा भएको अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनमा उहाँको सहभागिताले पञ्चायत बिरुद्धको संघर्षका लागि उहाँले गरेको योगदान स्मरणयोग्य छ । २०४६ को जनआन्दोलनमा तत्कालीन संयुक्त जनमोर्चाको जिल्लास्तरको नेतृत्वका हैसियतमा बैधानिक संघर्षमा होमिनु भएको हो उहाँ ।
नीजि स्वार्थ नभएको, सामूहिक हित र स्वार्थमा बिश्वास गर्ने कृष्णप्रसाद सापकोटाले पटक पटक संघर्षको प्रयोगशालाबाटआफूलाई प्रमाणित गराइसक्नु भएको छ। आफनो जीवनको ४० बसन्त खर्च गरेर प्राप्त गरेको संविधान र त्यो संविधानले प्रदान गरेको स्वायत्ततामा रहेर नागरिकलाई बिकास र समृद्धिको स्वाद चखाउने ठाउँमा आइपुग्नु भएको छ उहाँ । उहाँमा कुनै लोभ,लालच र कसैप्रति इश्र्या र डाह छैन । उहाँको समूहले देखेका सपना पूरा गर्न दिऊ, त्यो सपना भित्र लुकेको समृद्ध समाज, आत्मनिर्भर अर्थतन्त्र र समाजवादको अभ्यासबाट प्राप्त हुने स्वाद चाखौ ।
दीगो बिकास र सुशासनका सोह्र नीति,चौतारासाँगाचोकगढी नगरको समृद्धि
(१) आधुनिक तथा दीगो कृषि :किसानको सम्बृद्धि
(२) शिक्षा प्रणालीमा आमूल परिवर्तन :गुणस्तरिय शिक्षाको आधार
(३) स्वास्थ्यमा आम नागरिकको पहुँच :स्वस्थ समाज निर्माणको आधार
(४) दीगो तथा वातावरणमैत्री पूर्वाधार :बिकासको मूल आधार
(५) आर्थिक, भौतिक र सामाजिक सुरक्षा :नगर सुशासनको आधार
(६) दीगो बन व्यवस्थापन :स्थानीय रोजगारी तथा आर्थिक समृद्धि
(७) जलवायूजन्य प्रकोपको आँकलन तथा तयारी :जोखिमको न्यूनीकरण
(८) स्थानीय मानवस्रोतको बिकास :समग्र समृद्धिको आधार
(९) प्राकृतिक तथा शैक्षिक पर्यटन स्थलको बिकास :स्थानीय रोजगारीमा योगदान
(१०) खेलकुद र संरचनामा लगानी :युवाको बिकास र नगरको पहिचान
(११) परम्परागत कला र संस्कृतिको प्रबद्र्धन :इतिहार र पहिचानको संरक्षण
(१२) सूचना र प्रविधिमा पहुँच:पारदर्शीता र सुशासन सुनिश्चिता
(१३) सहकार्यमा जोड :स्रोतमा पहुँच र कामको प्रभावकारितामा बृद्धि
(१४) लैंगिक तथा समावेशीकरणको बिस्तार :सामाजिक न्यायमा अभिबृद्धि
(१५) बजारीकरण र नीजि क्षेत्रको संलग्नता: स्थानीय उत्पादनको मुनाफामा बृद्धि
(१६) आत्मनिर्भर अर्थतन्त्रको बिकास :समाजवादको आधार
प्रतिक्रिया दिनुहोस