बैशाख २५, २०७९
चातौरा । स्थानीय तहको निर्वाचनमा प्राय उम्मेदवारहरुले ठुला ठुला महत्वकांक्षी योजना अगाडि सार्ने गर्छन्। उनीहरुले ल्याएको योजना हेर्दा आफुले अगाडि सारेको योजनाले मतादाताको जनजीवनमा के सुधार ल्याउँछ भन्दा पनि हेर्दा मतदातालाई झुलाउन सक्नेखालमा केन्द्रित भएको पाइन्छ।
तर सबै उम्मेदवारको हकमा यो लागू हुँदैन। जनताको समस्यासँग भिजेको उम्मेदवारको रुपमा चिनिन्छन् चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रोशनराज गिरी ।
उनी भन्छन्, ‘भौतिक विकासले मात्र जनताको जीवनस्तर उकास्न सकिँदैन। म निर्वाचित भए पश्चात् जनताको दैनिकिलाई सहज बनाउने खालको कार्यक्रम ल्याउँछु।’
भौतिक विकास भन्दा पनि आफ्ना मतादाताहरुको चुल्हो सहजरुपमा बलेको छ कि छैन? भन्नेतिर आफ्नो पहिलो प्राथमिकता भएको सुनाउँछन्।
जनताको चुल्हो सहज रुपमा बाल्नको लागि कृषकहरुलाई मल र जलको अभाव हुन नदिने उनी बताउँछन्।
अधिवक्ता समेत रहेका रोशनराज गिरी गत स्थानीय निर्वचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर सम्मानजनक पाएका थिए।
स्थानीय जनताको हर समस्यामा साथ दिँदै आएका व्यक्ति भएकाले गिरीलाई मतादाताले पनि रुचाएको स्थानीय माइली माझीले बताउँछिन्।
प्रतिक्रिया दिनुहोस