बैशाख २०, २०७९
चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताका हुन्।
“प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु”, उनले भने।
सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वका हिसाबले आफू सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस