बैशाख २०, २०७९
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठले प्रमुख पाँच दलविरुद्ध उजुरी दर्ता गराएका छन्। प्रमुख पाँच दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
कानुनबमोजिम कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको उनले बताए।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध उजुरी दिएको बताए।
सार्वजनिकस्थलमा ठूला ठूला तुल, ब्यानर र झण्डा राख्दै आचारसंहिता उल्लघंन गरेको उनको आरोप छ।
खानेपानीको धारा चुनाव चिन्ह पाएका कुरामा चौताराका एक्ला स्वतन्त्र उम्मेदवार हुन्।
‘आचारसंहिता उल्लघंन गरेवापत दलले कानुन बमोजिम कारबाही भोग्नुपर्छ। प्रचार सामग्री हटाएर मात्रै हुँदैन’ उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस