२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

शेरबहादुरको व्यंग्य : ओलीलाई ट्यूसन पढाउने बबुरोकाे ज्याला कति हाेला ?

  • २०७९ बैशाख १५, बिहिबार मा प्रकाशित २ साल अघि
  • वैशाख १५, २०७९

    चाैतारा । कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्यूसन पढाउने भनेकोप्रति व्यंग्य गर्दै एमालेका नेता शेरबहादुर तामाङले ‘टयूसन पढाउने भने ज्याला पनि तोकिदिनू’ भनेका छन् ।

    एक जना बबुरो बर्बराउँछ र भन्छ, केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु’, तामाङले भनेका छन्, ‘साँच्चै ट्यूसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला । ज्याला चाहिँ के दिने होला ? लौ न बताइदिनु होला, कमसेकम हामीलाई सजिलो हुनेछ ।’

    एमाले अध्यक्ष ओलीले केही दिनअघि कांग्रेसको घोषणापत्रलाई एमालेबाट चिट चोरेर बनाएको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै कांग्रेस महान्त्री थापाले ‘ओलीलाई बालकोट गएर ट्यूसन पढाउने’ बताएका थिए । त्यसको कटाक्ष गर्दै एमाले नेता तामाङले यस्तो व्यंग्य गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस