बैशाख १५, २०७९
चाैतारा । नेकपा (माओवादी केन्द्र) बलेफी गाउँपालिकाले आजदेखि ऐतिहासिक जलविरे बजारबाट चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
माओवादी केन्द्रीय सदस्य अमृता नेपाल, नेता प्रताप तामाङ, गाउँपालिका अध्यक्षका उमेदवार गंगा बहादुर तामाङ, उपाध्यक्षका उमेदवार डिबी थापा (नेकपा एकिकृत समाजवादी) बलेफी गाउँपालिका वडा नं १ का अध्यक्ष पदका उमेदवार दिलप्रसाद कर्माचार्य, वडा सदस्य पदका उमेदवारहरु, जलविरे बजारका स्थानीयका बाक्लो उपस्थितिमा घरदैलो अभियान सुरु गरिएको हो ।
प्रतिवद्धता पत्र सहित उमेदवारहरु घरदैलो अभियान लिएर सबै वडामा पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीबाट उमेदवार बन्नु भएका गंगाबहादुर तामाङले २०७४ सालको स्थानीय चुनावमा थोरै मतान्तरले पराजय भोग्नु परेको थियो । यसबीचमा पार्टी संगठन सुदृढ गर्दै जनसेवामा सक्रिय रहँदा माओवादीले तामाङलाई नै अध्यक्ष पदको उमेदवार बनाएको हो ।
बलेफी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धन नेकपा (एकिकृत समाजवादी) बाट डिबी थापालाई उमेदवार बनाइएको छ । सत्ता गठबन्धनमा रहेका माओवादी र समाजवादीबीच बलेफीमा गठबन्धन बनेपछि पार्टीको अवस्था थप मजबुत बनेको माओवादीले जनाएको छ ।
माओवादी र समाजवादी गठबन्धनका उमेदवारहरु
पालिका अध्यक्ष: गंगा बहादुर तामाङ ‘प्रवेश’, नेकपा (माओवादी केन्द्र)
पालिका उपाध्यक्ष: डि.बि थापा, नेकपा (एकिकृत समाजवादी)
वडा नं १
१.वडा अध्यक्ष दिलप्रसाद कर्माचार्य
२.खुला सदस्य नेत्र प्रसाद पौडेल
३.महिला सदस्य लक्ष्मी थापा
४.खुला सदस्य चुत्र बहादुर खड्का
५.दलित महिला सदस्य अनिता नेपाली
वडा नं २
१.वडा अध्यक्ष पुरुषोत्तम सापकोटा
२.खुला सदस्य यम बहादुर पौडेल
३.खुला सदस्य अर्जुन भण्डारी
४.महिला सदस्य सावित्री माझी
५.दलित महिला सदस्य मीना वि.क.
वडा नं ३
१.वडा अध्यक्ष फुलमान तामाङ
२.खुला सदस्य सन्तोष खत्री
३.खुला सदस्य भीम बहादुर श्रेष्ठ
४.महिला सदस्य फुलचरी तामाङ
५.दलित महिला सदस्य रमा लोहार
वडा नं ४
१.वडा अध्यक्ष सुर्ज तामाङ
२.खुला सदस्य सिताराम तामाङ
३.खुला सदस्य मनप्रसाद नेपाल
४.महिला सदस्य रजनी तामाङ
५.दलित महिला सदस्य कविता सार्की
वडा नं ५
१.वडा अध्यक्ष हर्क बहादुर भुजेल
२.खुला सदस्य राम बहादुर तामाङ
३.खुला सदस्य सदिप श्रेष्ठ
४.महिला सदस्य चरीमायाँ तामाङ
५.दलित महिला सदस्य स्वस्थानी नेपाली
वडा नं ६
१.वडा अध्यक्ष चित्र बहादुर तामाङ
२.खुला सदस्य रमेश घिमिरे
३.खुला सदस्य थामसुङ तामाङ
४.महिला सदस्य तारा पराजुली
५.दलित महिला सदस्य निर्मला वि क
वडा नं ७
१.वडा अध्यक्ष तोक बहादुर गहतराज (तोकेन्द्र)
२.खुला सदस्य कमल प्रसाद पौडेल
३.खुला सदस्य छे दोर्जे तामाङ
४.महिला सदस्य सरिता राउत
५.दलित महिला सदस्य तारा नेपाली
वडा नं ८
१.वडा अध्यक्ष रेशम कार्की
२.खुला सदस्य आशामान तामाङ
३.खुला सदस्य प्रेम बहादुर तामाङ
४.महिला सदस्य केशरी खत्री
५.दलित महिला सदस्य रस्मिता नेपाली
प्रतिक्रिया दिनुहोस