२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्धुपाल्चोकमा गठबन्धन : दुई पालिका र एक नगरमा मात्रै

  • २०७९ बैशाख १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • वैशाख १३, २०७९

    चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

    माओवादीबाट गाउँपालिका अध्यक्षमा रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसबाट हिमाल श्रेष्ठले सँगै उम्मेदवारी दर्ता गरेका हुन् ।

    पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि जुगलमा झैं माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोहि गाउँपालिकामा कांग्रेस-माओवादी-समाजवादीको तालमेलबाट अध्यक्षमा माओवादी केन्द्रबाट दोर्जे स्याङ्बो र उपाध्यक्षमा कांग्रेसबाट गंगा चापागाईंले उम्मेदवारी दर्ता गराए ।

    यसैगरी सभामुख सापकोटाकै गाउँको इलाका क्षेत्र चौतारा साँगाचोकगढी नगरमा माओवादी-कांग्रेसबीच तालमेल हुन सकेन । फलस्वरुप माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण सापकोटा मेयर र एकीकृत समाजवादीकी नेतृ सीता थापा उपमेयरमा उम्मेदवार भए ।

    जिल्लाभर स्वतन्त्र अध्यक्ष उम्मेदवारीमा ५ जनासहित जम्मा १ हजार ९ सय ७४ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस