वैशाख १३, २०७९
चौतारा । जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा बजारमा असन्तुष्ट पक्षबाट उम्मेदवारी दर्ताको क्रममा भएको झडपमा तोडफोड सुरु गर्नेमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगर ४ का २७ वर्षे मिलन श्रेष्ठ, वडा नं. १ कै २६ वर्षका प्रज्ज्वल कार्की र त्यही गाउँका ४१ वर्षका कालुमान कामी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए।
मुख्य निर्वाचन कार्यालय चौतारामै उम्मेदवारी दर्ता जाने बहानामा हुलदंगा मच्चिँदा रोकिएको उम्मेदवारी दर्ता प्रक्रिया दुई घण्टापछि चर्को सुरक्षाबीच निरन्तरता दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस