२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

एमालेले टिकट नदिएपछि भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश

  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित २ साल अघि
  • वैशाख ११, २०७

    चाैतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् । 

    आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । 

    आज बिहान उनले लामो समयदेखि क्रियाशील रहेको नेकपा एमालेको सदस्यता नै नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।  

    उनले फेरि गाउँपालिका अध्यक्षमा दाेहाेरिने चाहना राखेका थिए। तर एमालेले टिकट नदिएपछि असन्तुष्ट भएर कांग्रेस प्रवेश गरेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस