वैशाख ९, २०७८
चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनका लागि १२ स्थानीय तहमध्ये सिन्धुपाल्चोकका तीन वटा नगरपालिकाको उम्मेदवारको सिफारिस प्रदेशमा गरेको छ ।
आज बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तहहरुबाट आएको नामबाट छानेर तीन नगरपालिकाका उम्मेदवारहरुको सिफारिस प्रदेशमा गरेको हो ।
जसअन्तर्गत मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको हो ।
जिल्ला कार्यसमितिले नगर कार्यसमिति र क्षेत्रीय समितिबाट आएका नामबाट छानेर प्रदेश समितिमा नाम पठाएको हो ।
कांग्रेसको विधानमा नगरपालिकाको उम्मेदवारको टुंगो प्रदेश कार्यसमितिले लगाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस