बैशाख ७, २०७९
चौतारा । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले १३ वटै जिल्ला संयोजक तोकेको छ।
कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रदेशका सबै जिल्लामा निर्वाचनमा समन्वयकारी भूमिका निर्वाह गर्नको संयोजक तोकेका हन्।
बागमती प्रदेशका उप-सभापति चन्द्र महर्जनको संयोजकत्व एवम् निर्देशनमा रहने गरी जिल्लाका सम्बन्धित पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसँग समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला संयोजक खटाएको हो।
कांग्रेसको निर्वाचन संयोजकमा हरिशरण श्रेष्ठलाई हटाएको छ।
प्रतिक्रिया दिनुहोस