२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जुगल गाउँपालिकामा आचारसंहिताविपरीत खानेपानी पाइप वितरण

  • २०७९ बैशाख १, बिहिबार मा प्रकाशित २ साल अघि
  • वैशाख १, २०७९

    चाैतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन भएको छ ।

    गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आचारसंहिताविपरीत गाउँ-गाउँमा खानेपानीको पाइप वितरण गरेको पाइएको छ । गाउँपालिकाको बजेटबाट पाइप र प्लास्टिकका ड्रम खरिद गरेर सातवटै वडामा एमाले कार्यकर्तामार्फत गाउँगाउँमा वितरण गरिएको हो ।

    गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठले निर्वाचनको मुखैमा मत प्रभावित पार्न खोजेको भन्दै गठबन्धन दलका नेताले विरोध जनाएका छन् ।

    नेपाली काँग्रेस जुगल गाउँपालिका सभापति सगुन श्रेष्ठ, माओवादी केन्द्रका अध्यक्ष रेशम स्याङ्बो र एकीकृत समाजवादीका संयोजक विष्णु घिमिरेले ३० चैतमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेर गाउँपालिका अध्यक्ष र एमाले क्रियाकलापको विरोध गरेका छन् ।

    अध्यक्ष श्रेष्ठले मत प्रभावित पार्न गाउँपालिकाबाट लाखौँ रकम विनियोजन गरेर नियमविपरीत खानेपानीको पाइप, ड्रम र अन्य भौतिक सामग्री खरिद गरेको गठबन्धन दलहरूले बताएका छन् । एमाले कार्यकर्ताको घरमा लुकाएर राखिएको खानेपानीसम्बन्धी सामग्री दलका स्थानीय नेताले देखेपछि गठबन्धन दलको बैठक बसेर विरोध जनाएको हो ।

    गाउँपालिकाको तोक आदेशमा खानेपानी सामग्री खरिद गरेको पाइएको गठबन्धन दलका नेताहरूको भनाइ छ । आचारसंहिता उल्लंघन गरेर अध्यक्ष आफैँ भौतिक सामग्री वितरणमा गाउँगाउँ पुगेको गठबन्धनको आरोप छ । नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस