२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हेलम्बु-मेलम्ची क्षेत्रकाे संरक्षणकाे काम थाल्नुस्, पैसाको अभाव हुँदैन : मुख्यमन्त्री

  • २०७८ चैत्र २६, शनिबार मा प्रकाशित २ साल अघि
  • चैत २६, २०७८

    चाैतारा । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले मेलम्ची बाढीेले पुर्याएको क्षतिको अवलोकन गरेका छन् ।

    अवलोकन पश्चात मुख्यमन्त्री पाण्डेले बाढी पीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै तत्कालका लागि नदि नियन्त्रण तथा बस्ती संरक्षणका लागि भूसंरक्षण मार्फत ४ करोड बजेट निकाशा भएको जानकारी दिए।

    उनले द्रुत गतिमा काम गर्न निर्देशन दिदै १० करोड रकम थप गर्ने योजना रहेको समेत उल्लेख गरे।गर्नुभयो । बाढीले पुर्याएको क्षतिबारे अध्ययन थालेर काम गर्न निर्देशन दिए।

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, पशुपन्छी राज्य मन्त्री इन्द्रमाया गुरुङ, पुर्व सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतलाई सहजिकरण गर्न आग्रह गरे।

    उनले ५० लाख भन्दा बढी बजेटको ठेक्का गर्नु पर्ने प्रदेसको प्राबधान रहेकाले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा ५० /५० लाखको योजना बनाएर उपभोत्ता समिती मार्फत तत्काल कार्य गर्न अनुरोध गरे।

    बाढी पीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाए।

    उनले हेलम्बु क्षेत्रमा पनि पुगेर त्यहाँका स्थानीयका गुनासो सुनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस