चैत २५, २०७८
चाैतारा । नेपाली कांग्रेसका हेलम्बु गाउँपालिका पूर्वसभापति विजयसिं तामाङसहित विभिन्न पार्टी परित्याग गरि हेलम्बुका दर्जनाैं नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केन्द्रीय सदस्य युवराज दुलाल ‘शरदले ‘नव प्रवेशीहरूलाई खादा अबिर लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा नेविसंघ मेलम्ची भ्याली क्याम्पस सचिव साङ्गे दाेङ, नेकपा (एमाले ) हेलम्बु गाउँपालिका सदस्य पाल्तेन तामाङ, जिमि तामाङ, वडा सदस्य सुवाष थिङ, निमाग्याल्जेन तामाङ, सुदिप दाेङ, कांग्रेस कार्यकर्ता सञ्च तामाङ , आइसिं तामाङ, डाेल्मा तामाङ, जितबहादुर तामाङ रहेका छन्।
यस्तै, साेनु तामाङ, रामसिं तामाङ , शुरेस तामाङ , शन्ताेष चापागाईं , कुमार खत्रि, दिनेश भट्टराई , सुवाष वि.क , दिपक सुनार , रामचन्द्र सुनार, बाबुराम तामाङ रहेका छन् ।
हेलम्बु गाउँपालिकाकाे ७ वडा मध्ये ६ वडा जितेकाे काङ्ग्रेसबाट पार्टी छाड्ने क्रम चलिरहेकाे छ । केही समय पहिले पार्टीभित्र व्यक्तिवाद र अराजकता माैलाएकाे भन्दै काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष खेतनाथ घिमिरे र पालिका पुर्व सभापति लामाले नेपाली काङ्ग्रेस त्यागेकाे सार्वजनिक घाेषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस