२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कुञ्चोक-सिपापोखरे जोड्ने पक्की पुलको उद्घाटन

  • २०७८ चैत्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • चैत २०, २०७८

    चौतारा। इन्द्रावती गाउँपालिका वडा नं ३ र ८ जोड्ने पक्की पुलको उद्घाटन भएको छ ।

    प्रदेश सभाका सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले साबिक कुञ्चोक र सिपापोखरे गाविस जोड्ने सिपाखोलाको पुल आइतबार उद्घाटन गरेका हुन् ।

    बागमती प्रदेश सरकारको रु २ करोड ५३ लाख लागतमा शान्तिदेवी र कालिकादेवी जेभीद्वारा निर्माण गरिएको १८ मिटर लामो पुलको निर्माणपछि जिल्ला सदरमुकाम चौतारादेखि काठमाडौँको दुरी कम भएको छ ।

    इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगका अधिकांश स्थानीय पुलको निर्माणपछि लाभान्वित भएका छन् ।

    सदरमुकाम चौतारादेखि भक्तपुरसम्म ५६ किलोमिटर दुरीमा रहेको यो पुल इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगको लाइफ लाइनकै रुपमा रहेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए।

    पुलको उद्घाटन गर्दै दुलालले संघीयताको प्रारम्भपछि मुलुकमा विकासले नयाँ फड्को मारेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस