२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्चीकाे पानी चैतभित्रै ल्याउने सरकारकाे तयारी

  • २०७८ चैत्र १९, शनिबार मा प्रकाशित २ साल अघि
  • चैत १९, २०७८

    चाैतारा । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्‍याउने बताएका छन्।

    बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्।

    उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्र गतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए।

    मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिबद्धता जनाए।

    अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ।

    उनले भने, ‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने काम भएको छ। १७ नम्बर गेट खुलेको छ। २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ। अहिले ९ नम्बर बन्ने तयारीमा छ। ९ नम्बर गेट बन्द हुनेबितिकै सबै पानी छाड्छौं।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस