चैत ११ सिन्धुपाल्चोक , बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री विशाल खड्काले जलवायु परिवर्तन विश्व मानव जगतकाे चुनाैतीकाे रुपमा खडा भएकाे बताएकाछन् । शुक्रबार सिन्धुपाल्चोक चाैतारामा भएकाे डिजिटल बैंकिक वित्तीय साक्षरता कार्यक्रममा बाेल्दै मन्त्री खड्काले उक्त भनाइ राखेकाहुन् ।
मन्त्री खड्काले डिजिटल र प्रबिधिमैत्री विकासकाे कुरा गरिरहदा प्रकृति संस्कृतिलाई भुल्न नहुने बताए । तेसाे हुन सकेन भने एकीकृत विकासको मेडेल फेल हुने उनकाे तर्कथियाे । यस्तै चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले समयक्रमसंगै प्रविधिकाे विकाससंग हामी पनि परिचित हुँदै जानुपर्ने बताए ।
कार्यक्रम चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ५ काे आयाेजना र नेपालबैंक लिमिटेड चाैतारा शाखाकाे सहकार्यमा भएकाेथियाे ।
प्रतिक्रिया दिनुहोस